हेटौंडा।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई यही चैत १२ गतेदेखि जग्गाको लालपूर्जा वितरण गरिने भएको छ । सूचीकृत हुनका लागि आह्वान गरएिकामध्ये प्रक्रिया पूरा गरेकालाई लालपूर्जा वितरणको तयारी गरिएको हो ।
पहिलो चरणमा मोरङ, झापा, सुर्खेत र सिन्धुलीबाट लालपूर्जा वितरणको तयारी गरिएको राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले बताउनुभएको छ । ७ सय ५३ मध्ये २ सय २७ स्थानीय तहसँगको सहकार्यमा भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु गरिएको साथै बाँकीसँग पनि सम्झौता गर्दै जाने अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण बुझाउन आयोगले दोस्रो चरणमा दिएको ३५ दिने समय अबधि आगामी वैशाख १ मा सकिँने छ भने तेस्रो चरणको विवरण बुझाउने सूचना पनि भरेभोलिमा निकालिने आयोगले जनाएको छ त्यसैले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफ्नो नजिकको स्थानीय पालिकाको सम्पर्कमा रहन आयोगले अनुरोध गरेको छ ।
















