मकवानपुर सहित यी ११ जिल्लामा बर्डफ्लु

Image

हेटौंडा।

काठमाडौंमा देखिएको बर्ड बर्डफ्लु आजसम्म ११ जिल्लामा पुगेको छ । काठमाडौंको गोकर्णेश्वर र चितवनको राप्ती नगरपालिकामा गएको माघ २७ गते फेलापरेको थियो ।

पशु सेवा विभागले दिएको जानकारी अनुसार आजसम्म काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा साथै कास्की जिल्ला रहेका छन् ।

यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको ,एच ५ एन १ एभिएन एन्फ्लुएन्जा, प्रजाति फेला परेको हो ।