नेपाल र जिम्बाब्वेबीच हुने सिरिजको खेल तालिका सार्वजनिक

Image

काठमाडौं ।

नेपाल र जिम्बाब्वे ‘ए’ टिमबीचको एकदिवसीय र टी–२० श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले जिम्बाब्वे ‘ए’ सँग खेल्ने तीन/तीन खेलको सिरिजको तालिका सार्वजनिक भएको हो ।

सार्वजनिक तालिका अनुसार नेपालले जिम्बाब्वेसँग ३० अप्रिलदेखि ४ मेसम्म एकदिवसीय सिरिज खेल्नेछ । तीनवटै खेल बिहान ९ बजेदेखि सुरु हुनेछन् । त्यस्तै, नेपाल र जिम्बाब्वेबीचको तीन खेलको टी–२० श्रृंखला ६ मेदेखि सुरु हुनेछ । दोस्रो टी–२० खेल ७ र तेस्रो म्याच ९ मेमा हुनेछ ।

त्यस्तै, पहिलो एकदिवसीय ३० अप्रिल, दोस्रो खेल २ मे र चौथो खेल ४ मेमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । सिरिजको लागि क्यानले केही दिनभित्र टोली घोषणा गर्ने तयारी गरेको छ ।