यसरी हेर्न सकिने छ नेपाल र जोर्डनबीचको खेलको ‘लाइभ’ [तरिकासहित]

Image

काठमाडौँ ।

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटमा आज नेपालले पहिलो खेल खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपालले जोर्डनसँग आज मध्य राति एक बजे कुवेत सिटीमा खेल खेल्दैछ ।

नेपाल र जोर्डन बीचको लाइभ टिभि च्यानल अल्कास टिभी र beiN Sports ले बहराइन, जोर्डन, कुवेत, लेबनान, प्यालेस्टाइन, कतार, सिरिया र यमन जस्ता क्षेत्रहरूमा मात्र एएफसी एसियन कप २०२३ छनोटका खेलहरू प्रसारण गर्नेछन् । कुवेत टिभी (KTV) ले समूह ए का सबै खेलहरूको प्रत्यक्ष प्रसारण गर्नेछ । MNC मिडियासँग इन्डोनेसियामा यसको प्रसारण अधिकार छ ।

नेपाली टिभी च्यानलमा यसको प्रसारण हुने बारे आधिकारिक पुष्टि भने भएको छैन तर अनलाईन मार्फत कुवेत टिभी (KTV) को अफिसियल वेबसाइटमा गएर उक्त टिभी च्यानलको लाइभ प्रसारण हेर्न सकिनेछ । कुवेत टिभी (KTV)को KTV1,KTV2,KTV Sport,KTV Sport Plus गरेर ४ वटा च्यानल छन्, यी मध्य कुनै एकमा नेपाल र जोर्डन बीचको खेल आउनेछ र यी सबै च्यानल नेपालबाट हेर्नको लागि अनलाईनमा उपलब्ध छन् ।

यस्तो छ नेपाल र जोर्डनबीचको खेल लाइभ हेर्ने तरिका

सर्बप्रथम गूगलमा गएर “squid tv Kuwait Television (KTV)” हानेर सर्च गर्नुहोस, सर्च गरिसकेपछी सुरुमा आको लिंक लाई क्लिक गर्नुहोस र त्यो वेबसाइटमा गएपछि त्यहाँ कुवेत टिभी (KTV)को सबै च्यानलको लिंक पाउनुहुनेछ।

लिंकहरु : 1. https://media.gov.kw/LiveTV.aspx?PanChannel=KTV1, 2. https://media.gov.kw/LiveTV.aspx?PanChannel=KTV2, 3. https://media.gov.kw/LiveTV.aspx?PanChannel=KTVSports, 4. https://media.gov.kw/LiveTV.aspx?PanChannel=KTVSportPlus

नेपाल टिमका लागि यो प्रतियोगिता कठिन परीक्षा हुने पक्का छ । टिममा युवा खेलाडीको बाहूल्यता छ । कतिपय खेलाडी पहिलो पटक विदेशी भूमिमा खेल्दैछन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असझमदारी बढेपछि तत्कालिन कप्तान किरणकुमार लिम्बूसहित ११ जना सिनियर खेलाडी राष्ट्रिय टिममा छैनन् ।

एन्फा होस्टलमा सुविधा बढाउनु पर्ने वा नेपाली टिम होटलमा राख्नुपर्ने माग राखेपछि अलमुताइरीले रोहित चन्दलाई प्रशिक्षण छाडेर जान भने पछि विवाद सुरु भएको थियो । त्यसपछि प्रशिक्षकले युवा खेलाडी समेटेर बन्द प्रशिक्षण सञ्चालन गरेका थिए । युवा टिमले घरेलु मैदानमा नेपालमा उपलब्ध अफ्रिकन खेलाडीसँग अभ्यास खेल खेलेका थिए । वर्तमान समयमा जोर्डन फिफा वरियताको ९१ औं स्थानमा छ । नेपाल भने वरियताको १६८ औं स्थानमा छ ।

नेपाल र जोर्डनबीच कस्तो छ विगत?

नेपालले हालसम्म जोर्डनसँग चार खेल खेलको छ । जसमा नेपालले तीन हार एक बराबरीको नतिजा निकालेको छ । नेपाल–जोर्डनले सन् २०११ मा पहिलोपटक एकअर्काको सामना गरेका थिए । विश्वकप छनोटअन्तर्गतको उक्त भेटमा नेपालविरुद्ध जोर्डनले ९–० को फराकिलो जित हात पारेको थियो ।

सोही वर्ष विश्वकप छनोटअन्तर्गत नै घरेलु मैदानमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । नेपालले विश्वकप छनोटअन्तर्गत सन् २०१९ र २०२१ मा भएको भेटमा समान ३–० को हार बेहोरेको थियो । इतिहास हेर्दा नेपालले जोर्डनसँग १६ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ ।

नेपालको सम्भावित–११ : गोलकिपर- दीप कार्की, रक्षकः गौतम श्रेष्ठ (राइट डिफेन्स), सुमन अर्याल (लेफ्ट डिफेन्स), विकास खवास र विकास तामाङ (सेन्ट्रल), मिडफिल्डरः सुरजजिउ ठकुरी, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, स्ट्राइकरः आयुश घलान, नवयुग श्रेष्ठ (कप्तान) र मनिष डाँगी ।

यो पनि : एसियन कप छनोटमा जोर्डनविरुद्ध खेल्नुअघि यस्तो भन्छन् प्रशिक्षक अल्मुताइरी

यो पनि : एसियन कप छनोटमा जोर्डनको सामना गर्दै नेपाल, यस्तो छ दुवैबीचको हेड टु हेड नतिजा