काठमाडौं । नेपालको सिनियर टोलीबाट खेलि सकेका बलर कमलसिंह ऐरीले आयरल्याण्ड उल्भ्सविरुद्ध उत्कृष्ट कमब्याक गरेका छन् ।
अहिले नेपालको ए टिममा रहेका कमलले लामो समयको इन्ज्योरी पछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज आयरल्याण्ड विरुद्ध बलिङ गर्ने मौका पाएका हुन् ।
तीन विकेट लिएका कमलले खेल पछि पहिलो बल फाल्दा आफू नर्भस भएको बताएका छन् । उक्त खेलमा नेपाल भने २१ रनले पराजित भएको थियो । आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो ।
नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेखले ४९ रन बनाए । नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।
आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए ।
योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल भोलि हुने छ ।
यो पनि : आयरल्याण्ड विरुद्ध विष्फोटक शतक बनाएका लोकेश बम खेलपछी यस्तो भन्छन्

















