हेटौंडाको मनहरी गाउँपालिकामा गैडाले आक्रमण गर्दा एकजना गम्भीर घाइते

Image

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ याद रहेको मनहरी खोलामा जंगली गैंडाको आक्रमबाट एक जना गम्भिर घाइते भएका छन् ।

आफ्नै खेतमा पानी लगाउन गएका ३२ वर्षिय रमेश वोटे जंगली जनावर गैंडाले आक्रमण गरी घाइते भएका हुन् ।

उनलाई थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।