सामुदायिक बिध्यालयहरुको घरदैलो कार्यक्रम

Image

हेटौंडा – गत आइतबार देखि नयाँ शैक्षिक सत्रको नयाँ विद्यार्थी भर्नाकोलागी मकवानपुर जिल्लाका अधिकान्स बिध्यालयका शिक्षकशिक्षिका तथा शिक्षण पेशा गर्ने कर्मचारीहरु बिद्यार्थि भर्नाका लागि घरदैलो अभियानमा जुटेका छन् । निजि बिद्यालयका कारण ओझेलमा पर्दै गएका सामुदायिक बिद्यालयहरुले शैक्षिक गुणस्तर बढाउन +२ , प्राबिधिक शिक्षा , अङ्ग्रेजी माध्यमबाट शिक्षा , बसको सुबिधा , सुबिधासम्पन्न भवन निर्माण , दिवा खाजाको ब्यवस्थापन मा जोड दिन्दै आएको छ ।

निजि बिद्यालयको चर्को शुल्क , पाठ्यक्रममा बर्सेनि परिवर्तन , सामुदायिक बिद्यालयमा पठनपाठन कम र राजनिती ज्यादा भएकोले धेरै बालबालिका को पढ्न पाउने अधिकार हनन भएको आम अभिभावकहरुको गुनासो रहदै आएको छ । जिल्लाका केहि सामुदायिक बिद्यालय लाई भने तराईका बिद्यार्थिहरुको भिड्काकारण अभियान मा लाग्न नपर्ने एक शिक्षकले बताए । जिल्लाका नाम चलेका सामुदायिक , निजि बिध्यालयहरुमा ६० प्रतिसतभन्दा माथि तराईका बिध्यार्थिहरुले स्थान पाएकोले समस्या नभएको एक तथ्यांक ले देखाएको छ । बागमती प्रदेश को मकवानपुर जिल्लामा पालिकागत सामुदायिक बिद्यालय १देखि ५ कक्षासम्मका ३१२, कक्षा ६ देखि ८ सम्मका ८५ , कक्षा ९ देखि १० सम्मक माध्यमिक बिध्यालय ७७ , कक्षा ११ , १२ का बिध्यालय संख्या ३७ गरि ५११ रहेको शिक्षा विकास तथा समन्वय इकाई , मकवानपुर को प्रथम त्रैमासिक प्रतिवेदन मा उल्लेख गरिएको छ ।

यस्तै सन्थागत बिध्यालयको कक्षा१देखि ५ सम्म २२ , कक्षा ६- ८ सम्म ५ , कक्षा ९-१० सम्म ४४ , कक्षा ११-१२ सम्मका २ गरि ७३ बिध्यालय रहेको प्रतिवेदन मा उल्लेख छ । यसैगरी शिक्षक साधारण दरबन्दीमा प्राथमिक तहमा १४३८ , निमाबिमा १८५ , माबिमा १४६ , उमाबिमा ५५ रहेको छ भने रहत दरबन्दी मा प्राथमिकमा ४८१ , निमाबिमा २८० , माबिमा १४४ गरि ९०६ रहेको छ । यसैगरी स्थानीय तहगत बिध्यार्थीहरुमा छात्रा संख्या ५९१०७ , छात्र ६३०४८ , अन्य ९ गरि १२२१६४ जना रहेको समन्वय इकाई प्रतिवेदन मा उल्लेख छ ।