हेटौंडामा वैदेशिक रोजगारी बाट फर्केकाहरु लाई पारिवारिक मिलन कार्यक्रम

Image

हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा एक दिवसीय वैदेशिक रोजगार पारिवारिक मिलन कार्यक्रम सम्पन्न भएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएकाहरुको पारिवारिक झैझगडा तथा विघटन रोक्न र आपसी माया, सद्भाव एवम् आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजक अध्यक्ष रोशन गोलेले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढलकबहादुर थापाले वैदेशिक रोजगारीले नेपालमा पैसासँगै पारिवारिक कलह, आपसी अविस्वासको वातावरण भित्रिएकोले यस्ता कार्यक्रमले परिवारलाई निकै सहयोग पुर्याउने बताए ।

कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता प्रतिक्षा भट्टराई र पार्वती विकले सहभागीहरुलाई मनोसामाजिक समस्याको कारण तथा समाधानका उपायबारे सहजिकरण गरेका थिए ।

सहभागीहरुले परामर्श पाएपछि आफ्नो परिवारप्रतिको उत्तरदायित्व र प्रेम अझै प्रगाढ बनाउन मद्धत पुगेको बताए ।
कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक मिलनमा रहेका परिवारहरु, स्थानीय जनप्रतिनिधि एवम् पत्रकारहरु उपस्थिति रहेको थियो ।