काठमाडौं । काठमाडौंमा अहिले लगातार हावाहुरी चलेको छ ।
काठमाडौंमा चलेको हावाहुरीका कारण काठमाडौंबाट उडान तथा अवतरणमा समस्या भएको छ ।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार केही जहाज डाइभर्ट भएका छन् ।
यती एयरको जनकपुर, बुद्ध एयरको भैरहवा, बुद्धको अर्को विराटनगर, श्री एयरको विराटनगर, बुद्धको सिमराबाट आएको जनकपुरमा डाइभर्ट भएका छन् ।
उनका अनुसार आन्तरिक तर्फबाट सातवटा जहाज अवतरण गर्न समस्या भएपछि डाइभर्ट गरिएका छन् ।














