मकवानपुरको ठिंगनमा कार दुर्घटना भई अचेत अबस्थामा उद्धार गरेका तिनै जनाएको पहिचान खुल्यो

Image

हेटौंडा – कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको बकैंया गाउँपालिका वडा नं.१२ को चौतारा भन्ने स्थानमा भएको कार दुर्घटनामा परेका तीन जनाको अचेत अवस्थमा उद्धार गरिएको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारा कान्तिलोकपथमा आज बिहान भएको सवारी दुर्घनामा परेर घाइते भएका तीनै जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेहरुमा बाराको निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दिप शाह, रौतहटको मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विबेक शाह र भीमफेदी गाउँपालिका– ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।