अमेरिकाद्वारा भिसा दिन अस्वीकार गरेपछी सन्दीपलाई लिएर पारस दूतावासमा

Image

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान) स्तब्ध बनेको छ । आज अन्तर्वार्तामा बोलाएर सन्दीपलाई भिसा नदिई फर्काइएको थियो ।

सन्दीपले आफ्नो मुद्दामा अदालतबाट पूर्ण सफाइ पाइसकेका छन् । उनको भिसा रोक्नुपर्ने कुनै कारण थिएन । दूतावासमा प्रभाव भएका केही अभियन्ता, नेता र मिडियाले सन्दीपलाई भिसा रोक्न दबाब दिएका थिए ।

क्यान स्रोतले अमेरिकी दूतावासको शैलीप्रति खेद व्यक्त गर्‍यो । स्रोतले भन्यो, ‘मुद्दाबाट सफाइ पाइसकेको प्रख्यात खेलाडीलाई भिसा नदिनु आपत्तिजनक छ’, स्रोतले भन्यो ।

भिसा रद्दलगत्तै क्यान सचिव पारस खड्काले सन्दीपलाई लिएर फेरि दूतावास गएका छन् । विश्वकपमा जाने खेलाडीलगायत सबैको भिसा प्रक्रियामा पारसले दूतावाससँग समन्वय गरिरहेका थिए ।

यो पनि  : सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा