हेटौंडा – टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ ले ५२ औं बिश्व बातावरण दिवसको अवसरमा वडा भित्र रहेका २३ वटा टोल विकास संस्थाहरु लाई सरसफाइका सामाग्रीहरू बितरण गरेको छ।
टोल बिकास सस्था वडा समन्वय समिति हेटौंडा ११ का अधक्ष्य यज्ञ बहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा सरसफाईका लागि खरेटो,हातमा लगाउने पन्जा, माक्स,बोरा लगायतका सामाग्रीहरु वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी तथा हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहालले वडा सरसफाईको थालनि आफैंले सुरु गर्ने बताईन ।
यसैगरी वडा सदस्य संजय बिडारीले नकुहिने फोहोर बाट उपयोगि सामाग्रीहरू बनाउन सकिनेछ र कुहिने फोहोर बाट खेत बारिका लागि मल हुने बताए। यस्तै कार्यक्रममा बोल्दै वडा सदस्य गोपीनि सापकोटा,टोल बिकास सस्था नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठले आफ्नो टोल सरसफाई गर्न सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका भित्रका टोल बिकास सस्थाका अधक्ष्यहरु, टोल बिकास सस्था प्रतिनिधिहरु लगायतकाको उपस्थिती रहेको थियो। समितिले बाताबरण दिवसको अवसरमा सप्ताहव्यपि कार्यक्रम गर्ने जनाईएको छ।
















