काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई पनि टी–२० विश्व कप खेल्ने टोलीमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो । नेपाली टोली अमेरिका पुगिसकेको छ । तर, दूतावासले भिसा दिन नमान्दा लामिछाने जान पाएका छैनन् ।
गत बुधबार अमेरिकी दुतावासले सन्दीपको पनि भिसा प्रक्रिया अस्वीकृत भएको थियो। त्यसको एक सातापछि सन्दीपले अमेरिकी दुतावासले सन्दीपले भिसाका लागि गरेको आग्रह स्वीकार गरेको थियो। दूतावासले सन्दीपलाई भिसा नदिएपछि नेपाल क्रिकेट संघ (क्यान), युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल सुरु गरेका थिए।
कुटनीतिक रुपमा सरकारले पहल गरेसँगै सन्दीपले दोस्रो पटक भिसाका लागि आवेदन दिएका थिए। सोही प्रक्रिया अनुसार उनलाई बिहिबार अन्तवार्ताका लागि बोलाइएको थियो। सन्दीपलाई भिसा दिन बुधबार माइतीघरमा उनका समर्थकले प्रर्दशन गरेका थिए।
टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन दूतावासबाट अस्वीकार यसअघि पनि भएको थियो । यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन ।
फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर भिसा दिएको थियो । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले उनको निलम्बन फुकुवा गरेको थियो। निलम्बन फुकुवासँगै विश्वकपका लागि सन्दीप टोलीमा फर्कने बाटो खुलेको थियो।
क्यानले विश्वकपका लागि आइसीसीसामु सन्दीपलाई टोलीमा राख्न गरेको आग्रह स्वीकार गरेको थियो। क्यानले पूर्व घोषित टोलीमा फेरबदल गर्न पाउने मिति २५ मे सम्म सन्दीपलाई पनि समट्दै खेलाडीको नाम बुझाएको थियो। टी–२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका छन् । नेपालले पहिलो खेल जुन ४ (२२ जेठ) मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।

















