काठमाडौँ । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालका सोमपाल कामीले पहिलो सफलता दिलाएका छन् ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १.२ ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका सोमपाल कामीले डच टिमका माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।
जारी खेलको १.२ ओभर समाप्त हुँदा नेदरल्यान्ड्स एक विकेट गुमाएर तीन रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो ।
नेपालको प्लेईङ-११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलसन झा, सोमपाल कामी, अविनाश बोहरा, सागर ढकाल,
बेन्च: कमलसिंह ऐरी, प्रतिश जीसी, सन्दीप जोरा, ललित राजवंशी,

















