सोमपाल कामीले रचे इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो बलर

Image

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर सोमपाल कामीले इतिहास रचेका छन् । सोमपालले आईसीसी ट्वान्टी–२० विश्वकपको दुई संस्करणमा विकेट लिने नेपालको पहिलो बलर बन्दै इतिहास रचेका हुन् ।

सोमपालले आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ मा नेदरल्यान्ड्सका माइकल लेभिटलाई आउट गरेसँगै यो कोसेढुंगा पार गरेका हुन् ।

नेपालबाट विश्वकपको दुई संस्करण खेल्ने एकमात्र खेलाडी सोमपालले यसअघि सन् २०१४ मा तीन खेलमा चार विकेट लिएका थिए । विश्वकपको उक्त संस्करणमा सोमपालले हङकङ र अफगानिस्तानविरुद्ध समान दुई विकेट लिएका थिए ।