बिश्व योग दिवसको पुर्व सन्ध्यामा हेटौंडा ११ पातन्जल योग समिति उपसमिती गठन

Image

हेटौंडा। बिश्व योग दिवसको पुर्व सन्ध्यामा हेटौंडा ११ मा पातन्जल योग समिति नेपाल जिल्ला साखा मकवानपुर ले टोल समिती ,महिला तथा युवा उपसमिती गठन गरेको छ । सिमलटार योग साधना केन्द्रमा भएको कार्यक्रम मा बोल्दै पातन्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष बालमुकुन्द सुवालले योगा गर्नुको फाइदा भनेको आत्मा सन्तुष्टि र स्वास्थ लाभ प्राप्त गर्नु रहेको बताए ।

उनले योगा गर्ने मान्छेले मान , सम्मान खोज्न नहुने र अपमान भयो पनि भन्न नहुने बताए । योग समितिका जिल्ला अध्यक्ष लक्ष्मी कंडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा समितिका प्रदेश उपाध्यक्ष ध्रुब बहादुर भुजेल , जिल्ला सल्लाहकार मनोज सुवेदी , यज्ञबहादुर आचार्य लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।