हेटौंडा । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हेटौंडामा चौथो वार्षिकोत्सब कार्यक्रम गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्मकट्टेलले कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश सरकारको कानून अनुसार प्रतिष्ठान र हेटौंडा अस्पताल सञ्चालनमा आएको बताएका छन् । प्रदेशको संसदमा कानून पारित गरेर प्रतिष्ठान सञ्चालन गरिएको बताएका छन्।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले बोल्दै पहिलेको हेटौंडा अस्पताल भन्दा अहिले धेरै सुधार भएको बताउदै अहिले केहीले फेरी यस अस्पताललाई रिफर अस्पताल बनाउन लागीरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले अस्पतालको विवरण समेटिएको तथ्याङक सार्वजनिक गर्दै हेटौंडा अस्पतालमा बिहान ९ बजे देखि अपरान्ह ४ बजे सम्म बिरामीका लागि सेवा दिने र साउन १ गते देखि साँझ ४ बजे देखि ६ बजे सम्म पनि अर्को सेवा दिन तयारी हालतमा रहेको बताएका छन्।
हेटौंडा अस्पतालमा बिगत ४ वर्ष अगाडी १६ जना मात्रै बिशेषज्ञ डाक्टरले सेवा दिइरहेका थिएँ भने अहिले ४० जना बिशेषज्ञ डाक्टरहरुले सेवा दिइरहेको बताएका छन्।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतको उपस्थिती रहेको थियो। अस्पतालका उपकुलपति डाक्टर बिश्वराज जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो ।















