हेटौंडा ११ मा राष्ट्रिय धान दिवस यसरि मनाइयो

Image

हेटौंडा। हेटौंडा ११ मा बिध्यार्थीहरुले धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । रेडियो थाहा सन्चार ९९ . ६ मेगाहर्ज र थाहा कृषि वाटिकालेआयोजना गरेको धान रोपाइँ तथा दहि चिउरा खाने कार्यक्रममा हेटौंडा एकेडेमी का बिध्यार्थीहरुले बाटिकाको परिसर भित्र बनाइएको दुई वटा गरामा धान रोपेर धान दिवस मनाएका हुन । कार्यक्रमकि प्रमुख अतिथी हेटौंडा उपमहानगर पालिका वडा नम्बर ११ कि अध्यक्ष जुना दाहालले धान रोपेपछी रोपाइँ शुरु भएको थियोे ।

बिध्यार्थिहरुलाइ अर्ग्यानिक खेती बारे ब्यवहारिक ज्ञान दिने र नमुना ज्ञानकेन्द्र बनाउने बाटिकाको उदेश्य रहेको बाटिका संचालक तथा उध्योगी अरुणराज सुमार्गीले बताए । ५ बिगाहा जग्गामा निर्मित बाटिकामा सजिवन खेती , खर्बुजा , कुरिलो जस्ता फलफूल तथा तरकारी खेती का साथै गाई पालन , कुखुरा , हास , टर्की जस्ता पशुपन्छी पालनको पनि थालनी गरेका छौँ । कृषि सम्बधी अध्यन , अवलोकन गर्न आउने मानिसहरुको लागि गेस्ट हाउस समेत निर्माण गरेका छौँ । हामीले बिषादी रहित आहारको अवधारणा ल्याएका छौँ त्यसोहुदा हामिले परनिर्भर हुन नपर्ने सुमार्गीको भनाइ छ ।

कार्यक्रममा रेडियो थाहा कि संचालिका अङ्किता सुमार्गी , जैविक कृषि अभियन्ता घमराज तिमल्सिना , हेटौंडा एकेडेमी स्कुलका सी.इ.ओ. रमेश रिमाल , प्रधानाध्यापक धिरज क्षेत्री , रेडियो थाहाका स्टेसन म्यानेजर गोकुल अधिकारी लगायतकाको आथित्यता रहेको थियोे ।