हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ बसामाडीमा जंगली सल्ले च्याउ खादा एकैपरिवारका ५ जना विरामी परेका छन् ।
जंगलीबाट ल्याएको सल्ले च्याउ खादा हेटौंडा–१९ बसामाडी बस्ने ३६ बर्षका श्याम बहादुर बल, १६ बर्ष की अनिता बल, ११ बर्ष को रेमन बल, ७३ बर्ष की फुलमायाँ र ३४ बर्ष को तुल बहादुर मोक्तान बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
बिरामीहरको उपचार हेटौडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो एक महिनाभित्र जंगलबाट ल्याएको च्याउ सेवन गरेर तीन जनाको मृत्यु भइसकेको छ ।















