हेटौंडा । मकवानपुरको दुर्गम भेगमा पर्ने राक्सिराङ गाउँपालिकामा ७० जना आखाँमा मोतिबिन्दु भएका बिरामीको आइतबार निशुल्क शल्यक्रिया गरिएको छ । राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा रहेको प्रजा जागृति माध्यमिक विद्यालयमा आँखामा मोतियाबिन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।
मोतियाबिन्दुले गर्दा विगत एक वर्षदेखि दुवै आँखा नदेख्ने ९५ वर्षकी मन्जरीमाया चेपाङको शल्यक्रिया गरेर शिविरको शुभारम्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए अनुसार ७० जनामध्ये ५ जनाको दुवै आँखाको शल्यक्रिया गरिएको बताएका हुन् । वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र राक्सिराङ गाउँपालिकाको व्यवस्थापनमा असार १२ गते देखि १५ गतेसम्म निःशुल्क आँखा शिविर संचालन गरिएको थियो । गाउँको बिभिन्न सात ठाउमा संचालन गरिएको शिविरमा ५ सय ७८ जनाले आँखा परीक्षण गरिएका थियो ।
आँखा चेक जाँच गर्दा ८५ जनाको मोतियाबिन्दुका बिरामी फेला परेको उनले बताए । हेटौंडा आँखा अस्पतालका ११ जना विशेषज्ञ डाक्टरहरुको सहभागितामा मोतियाबिन्दुको शल्यक्रिया गरिएको कार्यक्रम संयोजक डाक्टर सिंहले जानकारी दिएका छन्।















