मकवानपुरको मनहरीमा बालिकालाई यौन दुव्यवहार गर्ने एक जना शिक्षक पक्राउ

Image

हेटौंडा । मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ मा बालिकालाई यौन दुव्यवहार गर्ने एक जना शिक्षक पक्राउ परेका छन् । आफैले पढाउदै आएको छात्रालाई यौन दुव्यवहार गर्ने महेन्द्र ज्योती माध्यमिक बिद्यालयका शिक्षक दिनेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शिक्षकलाई अदालतमा म्याद थप गरेर अनुसंधान गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश शाहले जानकारी दिएका छन्। शिक्षक उप्रेतीले यौन दुव्यवहार गरेको उजुरी दिएपछी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।