हेटौंडामा जंगली च्याउ खाँदा ७ जना बिरामी : एक जना गम्भीर

Image

हेटौंडा । असार लागे संगै जंगलका बिभिन्न ठाउमा च्याउ उम्रिने हुन्छ तर होसियारी नपुर्याए ज्यान जानसक्छ। यस्तै भिमफेदी गाउँपालिका-६ मा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् ।

बिरामी हुनेमा भिमफेदी गाउँपालिका–६ उर्लाघारी बस्ने ६५ वर्षीया मगंली माया स्याङतान, ३२ वर्षीया बुद्धि बहादुर स्याङतान ,३० वर्षीया पासाङ माया स्याङतान, ७ वर्षीय लासाङ स्याङतान, १९ वर्षीय लक्ष्मी माया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र ७ वर्षीया आरती स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुई जनाको हेटौंडा अस्पताल उपचार भईरहेकोछ भने बाँकी ५ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र ७ बर्षीय लासाङ स्याङतान गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसरि जंगली विषालु च्याउ खाँदा मकवानपुरका बिभिन्न ठाउमा अहिले सम्म तीन जनाले ज्यान गुमाईसकेका छन् ।