हेटौंडा। मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION को दोश्रो साधारणसभा अध्यक्ष बुद्धि नाथ न्यौपानेको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका १८ का वडा अध्यक्ष अनिल बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख माधव कोईराला , सानू लामा , अहिब नारायण श्रेष्ठ , केन्द्रिय उपाध्यक्ष बिष्णु श्रेष्ठ , केन्द्रिय सदस्य सुदर्शन खतिवडाको उपस्थितमा भएको कार्यक्रममा प्रशिक्षक सुमन कर्माचार्य , सीता श्रेष्ठ , बिकास राई लाई प्रसंसा पत्र र खेलाडी हरु रेस्मा थापा , लक्ष्मी थिङ्ग , शशी प्रसाद बिश्वकर्मा, आरती लोप्चन लाई कदर पत्र बाट सम्मान गरिएको थियो ।
साधारणसभाले पुन: बुद्धि नाथ न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ। जस्मा उपाध्यक्षमा अशोक डिमडुङ्ग ,सचीवमा राम शरण धिताल , कोषाध्यक्षमा सुसन श्रेष्ठलाई चयन गरिएको छ भने सदस्यहरुमा सुमन कर्माचार्य , सीता श्रेष्ठ , सुजाता भुजेल , जित बहादुर अधिकारी , संंजिव मिजार लगायत लाई सर्वसम्मत चयन गरिएको छ।















