हेटौंडा। आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तिको अवसरमा हेटौंडा १ स्थीत राप्ती नदी तट मा रहेको हेटौंडा ब्यायाम पार्क परिषरमा सरसफाइ कार्यक्रम गरिएको छ ।
रामेछाप काभ्रे मैत्री समाज मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । काभ्रेमैत्री समाज मकवानपुरका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा प्रहरी निरीक्षक शोभन बिक्रम राणा , प्र. नि. कैलाश चौधरी , परीक्षा बोर्ड शाखा प्रमुख कृष्ण प्रसाद घिमिरे , समाजका सचीव शुक्रराज लामा , नगर प्रहरी बल , नगर वातावरण शाखा प्रतिनिधिहरु लगायतकाको उपस्थित रहेको थियोे ।















