११ नम्बरमा हिंसा पीडित / प्रभावित महिला तथा बालबालिकाको लागि ( सेफ होम ) को उद्घाटन

Image

हेटौंडा । घरेलु हिंसा पीडित / प्रभावित महिला तथा बालबालिकाको लागिअल्पकालीन आवास गृह ( सेफ होम ) को नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित थानाभर्याङ्गमा निर्मित भवनको उद्घाटन बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मुक्तानले रिबन काटेर गर्नुभएको हो ।

बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय , हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगर नगरकार्यपालिकाको कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । सामाजिक बिकास मन्त्रालय बागमती प्रदेश सचिव बद्रीनाथ गैरेको सभाध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सामाजिक बिकासमन्त्री मुक्तानको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहाल , वडासदस्य गोपिनी सापकोटा , गीता सुनार उपमहानगर पालिकाकि महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने , सिविन बाल हेल्प लाइन हेटौंडा का प्रमुख झबिन्द्र ज्ञवाली लगायत सरोकार वाला संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियोे ।