प्याब्सन मकवानपुरले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई गर्‍यो सम्मान

Image

हेटौंडा । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मकवानपुरले एसईई परिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु लाई सम्मान गरिएको छ ।

साथै उत्कृष्ट नतिजा ल्याउन र उत्कृष्ट अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरिएको थियो। निजि तथा सरकारि विद्यालयबाट कार्यक्रममा ३६ वटा विद्यालयका २५७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदिले यसवर्ष देशमै एसईईको नतिजा बिग्रीएको अवस्थामा मकवानपुरमा अरु जिल्लाको तुलनामा चित्तबुझ्दो नतिजा आएको बताए । साथै आगामी दिनमा शिक्षक, विद्यार्थी र अभिभावकहरु आफैमा सच्चिन आवश्यक रहेको बताएका छन्।