हेटौंडा ११ मा ४७ जनाले गरे रक्तदान

Image

हेटौंडा । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ थानाभय्याङको आयोजना र नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्र.लि को समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठ, उपाध्यक्ष कृष्ण प्रसाद खनाल, सचिव खेम राज सापकोटा, कोसाध्यक्ष्य महेन्द्र पाण्डे, जिल्ला ट्राफिक कार्यालयका इन्सपेक्टर केशव अधिकारी , हेटौंडा ११ समन्वय समितिका अध्यक्ष यज्ञ बहादुर आचार्य लगायत प्रहरी जवान साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता र उपस्थिती रहेको थियो।

कार्यक्रममा प्रहरी जवान लगायत जम्मा ४७ जनाले रक्तदान गरेको छ भने रक्तदान गरेका हरुलाई सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रकी प्रहरी सहायक हवल्दार निमा भन्डारीले बताउनुभयो।