साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपलको सामना भारतसँग

Image

काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दै छ ।  थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराहन्न १: ४५ बजेदेखि हुनेछ ।

यो उमेरसमूहमा नेपाल र भारत दोस्रोपल्ट भिड्न लागेका हुन्। नेपाल समुह बी मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने भारत समुह ए मा समुह विजेता बनेर सेमिफाइनल खेल्दै छ । नेपाल समुह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो ।

त्यसैगरी समुह ए मा भारतले बंगलादेशलाई १-० र माल्दिभ्सलाई ३-० ले पराजित गर्दै समुह विजेता बनेको थियो । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बंगलादेशबीच हुदै छ ।