भुटानले पायो साफ च्याम्पियनसिपमा फेयर प्ले अवार्ड

Image

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा भुटानले फेयर प्ले अवार्ड प्राप्त गरेको छ। बुधबार दशरथ रंगशालामा प्रतियोगिताको समापन समारोहमा भुटानलाई यो अवार्ड प्रदान गरिएको हो।

बेस्ट गोलकिपरको उपाधि बंगलादेशकी रूपमा चक्माले प्राप्त गरेकी छन्। यस्तै सबैभन्दा मूल्यवान् खेलाडी पनि चक्मा नै घोषित भएकी छन्।सबैभन्दा बढी गोल गर्ने खेलाडी भुटानकी डेकी लाजोङ घोषित भएकी छन्। उनले यस प्रतियोगितामा ८ गोल गरेकी छन्।