गुलशन झाले ओडीआईमा बनाए नयाँ कीर्तिमान

Image

काठमाडौँ । गुलशन झाले ओडीआईमा नेपालबाट एकै खेलमा नेपाली बलरहरु मध्य सर्वाधिक रन दिने बलरको किर्तिमान राखेका छन्। शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो ।

तीव्र गतिका नेपाली बलर गुलशन झाले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए। गुलशन अघि नेपालबाट एकदिवसीय खेलमा धेरै रन दिने नेपाली बलर सोमपाल कामी हुन। उनले गतवर्ष एकदिवसीय एसिया कपमा पाकिस्तानविरुद्ध १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिएका थिए।

सोमपालले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध टीयुमा ८१ रन दिएका थिए । करण केसीले २०२३ जुनमा वेष्टइण्डिजविरुद्ध १० ओभरमा ८१ रन दिएका थिए । सन्दीप लामिछानेले २०२२ मा लिग २ मा युएईविरुद्ध ८० रन दिएका थिए ।

ओडीआई इतिहासमै भने एकै खेलमा सर्वाधिक रन नेदरल्यान्ड्सका बास डि लिडेले खर्चेका छन् । लिडेले २०२३ को विश्वकपमा अष्टेलियाविरुद्ध १० ओभरमा २ विकेट लिदै १ सय १५ रन दिएका थिए।

नेपाल अमेरिकासँग ३७ रनले पराजित भएकोछ । ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए । नेपालले अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ ।