थाइल्यान्डविरुद्ध लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा नेपाल

Image

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार नेपाल थाइल्यान्डविरुद्ध खेल्दैछ । खेल युएईको द सेभेन रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

छनोटमा तीन खेल्दा नेपाल चार अंकका साथ दोस्रो स्थानमा छ । नेपाल थाइल्यान्डविरुद्ध लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो । र, तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।

उता, थाइल्याण्ड भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल, दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । तेस्रो खेलमा भने कुवेतलाई २० रनले पराजित गरेको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल राउण्ड रोबिन लिगका आधार जारी रहेको छ । छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोली : सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी।