भोली कुवेतसँग भिड्दै नेपाल

Image

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा भोली नेपालले कुवेतसँग खेल्दैछ। खेल यूएईस्थित सेभेन्स स्टेडियममा भोलि बिहान सवा ११ बजे सुरु हुनेछ।

यसअघि आइतबार भएको चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन्। सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ। नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ।

नेपाली टोली : सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी।