कुबेतविरुद्ध नेपालले टस जित्यो

Image

काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेलमा कुबेतविरुद्ध नेपालले टस जितेको छ । युएईको द सेभेन रंगशालामा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेका हो ।

नेपाल प्रतियोगितामा चौथो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डलाई १ सय ६ रनले हराएको थियो । उता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेतले प्रतियोगितामा खेलेको सबै चारै खेलमा हार बेहोरेको छ ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डी मा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ।

नेपाली टोली :

सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी।