काठमाडौं । जनकपुर बोल्ट्सका खेलाडीहरुका लागि पनि खुशीको खबर रहेको छ । एनपीएलको उपाधि जितेमा मुख्य प्रायोजक एनडीए इन्टरनेशनलले जनकपुरका हरेक खेलाडीलाई नगद १ लाख प्रदान गर्ने घोषणा गरेको छ । यस्तै फाइनल पुगेका बोल्ट्सका खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।
मंगलबार जनकपुर बोल्ट्स र एनडीए इन्टरनेसनलबीच मुख्य प्रायोजक सम्बन्धि सम्झौता कार्यक्रममा एनडीए इन्टरनेशनलले उक्त घोषणा गरेको हो । 
यसले जनकपुर बोल्ट्सका खेलाडीहरुलाई एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्न उत्साह मिलेको छ । आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुवुदु दासानायके मुख्य प्रशिक्षक छन् ।
जनकपुरले सोही कार्यक्रममा टिमको अफिसियल जर्सी र एन्थम पनि औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
जनकपुर मुख्य प्रायोजक पाउने चौथो एनपीएल फ्रेन्चाइज बनेको छ । यसअघि काडमान्डु गुर्खाज, विराटनगर किंग्स, चितवन राइनोजले मात्र मुख्य प्रायोजक पाएका छन् ।















