काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ३३ बलमा अर्धशतक पूरा गरेका छन्। उनले ५२ रन बनाएका हुन्। टस जितेर ब्याटिङ गरिरहेको लुम्बिनी अहिले ३ विकेट क्षतिमा ८६ रन बनाएर खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको लुम्बिनीका लागि रोहितले ३३ बलमा सात चौका र एक छक्कासहित ५० रन पूरा गरेका हुन् । राेहित नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने चाैथाे नेपाली खेलाडी बनेका छन् ।
यसअघि जनकपुरका कप्तान अनिलकुमार शाह पहिलाे,सुदूरपश्चिम राेयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी दाेस्राे र विराटनगर किङ्सका लाेकेश बम तेस्रो एनपीएलमा अर्धशतक हिर्काउने नेपाली खेलाडीकाे सूचीमा छन् ।
साथै, नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गर्ने रोहित आठौं खेलाडी भएका हुन्।















