हेटौंडा। २०२४ को क्रीसमस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । हेटौंडाका इसाई मन्डली , संघसन्सथाहरुले शुभकामना आदानप्रदान , सान्सक्रीतिक , पृतिभोज लगायतका कार्यक्रम गरि क्रीसमस मनाएका हुन् । ख्रीष्ट येशु पापीहरुको उद्घार , मुक्ति र शान्ति दिन संसारमा जन्म लिनुभएको हो , त्यो खुसीमा क्रीसमस मनाउने गरिएको इसाईहरुको बिश्वास र मान्यता रहिआएको छ ।
क्रीस्चियनहरुको बाक्लो बसोबास रहेको बागमती प्रदेश मा गैर इसाईहरुले पनि राष्ट्रिय पर्वको रुपमा खुशी साटासाट गरि यश पर्व मनाउने गरेको पाइएको छ । यस्तै ब्यापारिक केन्द्रहरुले पनि क्रीसमस ट्री झिलिमिली बत्तीले सजाएको देख्न सकिन्छ । हेटौंडाको स्कुल अफ म्यानेजमेन्ट्ले क्रीसमसको शुभकामना सन्देश लेखेको होर्डिङ बोर्ड हेटौंडाको बुद्ध चोकमा राखेको छ भने हेटौंडा १ स्थित चौकीटोलमा रहेको भाटभटेनी सुपर मार्केटमा ठुलो क्रीसमस ट्री सजाएको देख्न सकिन्छ ।
क्रीसमसको पुर्वसन्ध्यामा इसाई समाज , पाष्टर यशोसिएसन , एकता जवान संगती लगायत संघसन्स्थाले क्रीसमस सन्देश , क्याण्डल र्याली , क्रीसमस महोत्सव लगायतका कार्यक्रम गरेका थिए । यसै बिचमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पुष ९र १० को सार्वजनिक बिदाको ब्यबस्था गरेको थियो भने नेपाल सरकारले पुष १० गते ख्रीष्टमसको सार्बजनिक बिदा दिएको थियो।
















