हेटौंडा। ख्रीष्टियनहरुले मनाउदै आएको ख्रीष्टमस अग्रेजी महिनाको डिसेम्बर २५ तारिख अर्थात पौष १० गतेका दिन मनाउने गरिन्छ । हेटौंडा १२ मा रहेको शालोम एक्लेसिया चर्चले ख्रीष्टमस मनाएको छ। एक्लेसिया चर्चका पास्टर पुर्ण मुक्तानको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा केक काट्दै उपप्रमुख बानियाँले ख्रीष्ट जन्मोत्सवको अवसरमा ख्रीष्टियन धर्मालम्बी लगायत सम्पूर्ण नेपालीहरुमा शान्ति, सम्बृिद्ध र उत्तरोउत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । साथै उनले आउदै गरेको नयाँ वर्ष २०२५ को समेत शुभकामना दिएका थिए । कार्यक्रममा हेटौंडाउपमहानगरपालिका १३ नम्बर वडाका वडा अध्यक्ष पेम्बा लामा , चर्चका अगुवा बलराम मगराती लगायतकाको उपस्थिति रहेको थियो।















