टोल विकास संस्था नगर समन्वय समितिले हेटौंडाका ८ वटा वडाहरुमा स्तरिय कानुनी शिक्षा प्रदान

Image

हेटौंडा / टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा उपमहानगरपालिकाको ८ नम्बर वडा मा स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ भने आज सम्म गरेर ८ वटा वडाहरुमा कार्यक्रम सम्पन्न भएको समितीका महासचिव शिबहरि दाहालले बताउनुभयो।

हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोग एवं समन्वयमा विभिन्न वडाहरुमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत बिहिवार हेटौंडा ८ नम्बर वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सचिब  चन्द्रावती पनेरु , र पुन्यबती घिमिरे , सदस्यहरु सुमित्रा पान्डे, कमला पौडेल र उर्मिला राना, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ८ नं वडा समन्वय समितीका अध्यक्ष बिष्णु अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत तथा अन्जिता थापाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा हेटौंडा ८ नं वडाका ६५ जनाको सहभागीता रहेको थियो । कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरीने नगर समन्वय समितीका महासचिव दाहालले जानकारी दिनुभयो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्था नगर समन्वय समितिले न्यायिक समितिको सहयोगमा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रम अन्तर्गत बिहीबार हेटौंडा ८ नम्बर वडामा एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरू, र अन्य संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा र उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कानुनी विषयमा अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत र अन्जिता थापाले सहजीकरण गरेका थिए।