काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध गरेको थियो ।
शनिवारबाट हुने लिगमा कुशलको टोलीको पहिलो खेल आइतवार अबुधाबी नाइट राईटर्ससँग रहेको छ । दीपेन्द्रआबद्ध टोलीको पहिलो खेल पनि आइतवार नै सारजहा वारियर्ससँग रहेको छ ।
कुशलले यो लिगमा पहिलो पटक सहभागिता जनाउँन लागेका हुन् । दीपेन्द्र गत संस्करण पनि यस लिगमा अनुबन्ध भएका थिए । तर, दीपेन्द्रले कुनै खेलमा खेल्ने मौका पाएनन् ।















