काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् ।
दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो ।
अर्का नेपाली अलराउण्डर दीपेन्द्र आबद्ध गल्फ जाइट्स सारजहाँ वारियर्ससँग पराजित भएको थियो । गल्फ वारियर्ससँग ३ विकेटले पराजित भएको थियो । दीपेन्द्र सम्मिलित गल्फ र कुशल आबद्ध डेजर्टबीच मंगलवार खेल छ ।















