काठमाडौं । सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टीमको बिदाई गरिएको छ । मंगलबार काठमाडौंमा राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारीले राष्ट्रिय फुटबल टीमको बिदाई गरेका हुन् ।
नेपालले यही चैत ८ गते सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने एसियन कप छनोटमा चैत १२ गते मलेसियासँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्नेछ । विदाई कार्यक्रममा टीमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक र नयाँ खेलाडीका साथै छोटो समयको प्रशिक्षणपछि पनि खेलका लागि उत्साहित भएको बताए ।
नयाँ प्रशिक्षक भएपनि त्यसलाई सवैले सहजरुपमा लिएर प्रशिक्षणमा सहभागी भएको उनको भनाइ थियो । उनले अवको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने र साफका लागि तयारी हुनेसमेत उल्लेख गरे ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले खेलाडीको प्रशिक्षण र व्यवहार निकै राम्रो भएकाले उत्कृष्ट टीम निर्माण भएको बताए । २३ सदस्यीय टीम बनाउँदा केही खेलाडी छुटेपनि मैत्रीपूर्ण खेल र एसियन कप छनोटमा राम्रो नजिता आउनेमा आफु सकारात्मक रहेको उनको भनाई थियो ।
मुख्य प्रशिक्षक म्याट रसले सोमबार नै २३ सदस्यीय टीमको घोषणा गरेका थिए । जसअनुसार गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरीले पहिलो पटक राष्ट्रिय टीममा स्थान बनाएका छन् भने स्ट्राइकर रेजिन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जु राष्ट्रिय टीममा फर्किएका छन् ।
नेपाली टोली
गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अन्जल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर : रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छिन्जु, आयुष घलान
फरवार्ड : जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा
मुख्य प्रशिक्षक : म्याथ्यु ब्यारी रोस
सहायक प्रशिक्षक : सल्यान खड्गी
गोलकिपर प्रशिक्षक : विनोद डंगोल
टेक्निकल एनालिस्ट : लिन्ड्से डेविड हेन्डरसन
म्यानेजर : रमेश कुमार कार्की
असिस्टेन्ट म्यानेजर : नकुल हमाल ठकुरी
हेड अफ डेलेगेट्स : टंक लाल राई
टिम डक्टर : राजु डंगोल महर्जन
फिजियोथेरापिस्ट : निशान्त जोशी
अफिसियल : विजय कुमार गुप्ता
मिडिया अफिसर : कृष्ण सिंह लोथ्याल















