काठमाडौं । नेपालले एसियन कप छनोट अन्तर्गतको खेलमा आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र मलेसियाले आज नेपाली समयअनुसार साँझ ७:४५ मा खेल्ने तालिका रहेको छ। मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा खेल हुनेछ।
एसियन कप छनोटको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल र मलेसिया समूह एफमा छन्। फिफा वरियताअनुसार नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग नेपालले आज खेल्नेछ।
यसअघिको हेड टु हेड हेर्ने हो भने हालसम्म मलेसियालाई नेपालले हराउन सकेको छैन। यी टोलीले हालसम्म ७ पटक एकअर्काको सामना गरेका छन्। जसमा मलेसिया ६ पटक नतिजा मलेसियाको पक्षमा आएको छ।
सन् १९८५ मा विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियालाई गोल रहित बराबरीमा रोकेको थियो। शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा १५ स्थान माथिको सिङ्गापुरलाई हराएको थियो।















