काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा राजनीति दलहरूबीच विमति नहुने बताएका छन् । बिहीबार संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका विषयमा विगतका दिनमा पनि राजनीतिक दलबीच तिक्तता नभएको र आगामी दिनमा पनि नहुने विश्वास व्यक्त गरेका हुन्।
‘पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक तहमा विवाद भएन। राजनीतिक दलहरूमा अहिले पनि विवाद छन्। प्रमुख दलहरू कोही सत्तापक्षमा छौं कोही विपक्षीमा छौं। विगतमा पनि तमाम विवाद भएपनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा कहिले पनि विवाद भएन। हुँदैन पनि ‘
उनले टीआरसी विधेयक ढिलै पारित भएपनि राजनीतिक कारणले भने ढिलाइ नभएको दावी गरे। टीआरसी विधेयक पारित भइसकेको र आयोग गनका लागि पनि सिफारिस समिति गठ भइसकेको बताउँदै पीडितहरूको न्याय दिने प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताए।
उनले शान्ति प्रक्रियाको जटिल विषयलाई टुंगोमा पुर्याउन धेरै जोखम मोलेको बताउँदै शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढाउन आफ्नो पार्टी विभाजनबाट गुज्रेपनि गुर्ज्रोस भनेर जोखिम मोलेको बताए। उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सबै एकजुट हुनुपर्ने बताए। नेपालको शान्ति प्रक्रिया आफैमा मौलिक रहेको उनको भनाइ छ।

















