एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । शुक्रबार विहान भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० ले हराएको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान टोरेस, डेनी ओल्मो र रोवर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । यो जितसँगै बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिसँग ३ अंकको दुरी कायम गरेको छ ।
समान खेलबाट रियाल मड्रिडको ६० अंक छ । तेस्रो स्थानमा एटलेटिको मड्रिडको भने ५६ अंक छ । जम्मा एक खेलपछि लिगमा २८ औं चरणका खेल समाप्त हुने छन् । २७ औं चरण अन्तर्गत भियारियाल र इस्पानियोलबीचको एक खेल बाँकी छ ।















