हेटौंडा/नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) ले जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरूबीच अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ। कार्यक्रम चैत ३० गते मनहरी गाउँपालिका–८ स्थित पिसपार्क (आमाघर) मा आयोजना हुने क्षेत्र नम्वर २ का सभापति रञ्जन कालाखेतीले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा क्षेत्र नम्बर २ का सांसद इन्द्रबहादुर बानिया प्रमुख अतिथि रहने सभापति कालाखेतिले बताउनुभयो।
अन्तरसंवाद कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति, महासमिति सदस्य, जिल्ला पदाधिकारी, संघीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला समन्वय उपप्रमुख, पार्टीबाट निर्वाचित पालिका अध्यक्ष तथा उपाध्यक्ष, जिल्ला सदस्य, संघीय पदाधिकारी, पालिका र वडा तहका निर्वाचित तथा प्रत्यासी पदाधिकारीहरू, भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी हुनेछन्।
सभापति कालाखेतीका अनुसार करिब १५० जनाको उपस्थिति रहनेछ। कार्यक्रमले पार्टीभित्र समन्वय, पारदर्शिता र आपसी संवाद सुदृढ पार्ने उद्देश्य राखिएको सभापति कालाखेतीले बताउनुभयो।















