कैलाश गाउँपालिका सानोडाँडा खर्क सडक वैशाख २ देखि जेठ ३० सम्म बन्द

Image

हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिका अन्तर्गत सालबास–सानोडाँडा खर्क सडक वैशाख २ गतेदेखि जेठ ३० गतेसम्म अस्थायी रूपमा बन्द हुने भएको छ। सडक सुधारका क्रममा सोलिङ र स्ल्याब ढलानको काम हुने भएकाले कैलाश–२ र ८ नम्बर वडामा पर्ने यो सडक बन्द गरिने निर्णय भएको हो।

प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठका अनुसार यस अवधिमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। गाउँपालिकाले स्थानीयवासी र सेवाग्राहीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। साथै, काम समयमै सम्पन्न गरी सडक यथासक्य चाँडो सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।