चट्याङको प्रकोप: मनहरीमा एकको मृत्यु, दुई घाइते

Image

हेटौंडा / मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ बसन्तपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राप्ती खोलाको किनारमा चट्याङ पर्दा २८ वर्षीय अबिरल थिङको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

मृतक थिङ मनहरी–५ दरदरा निवासी हुन्। उनीसँगै रहेका उनका ५६ वर्षीय बुबा सिंहबहादुर थिङ र १० वर्षीय सौगात गोले घाइते भएका छन् मने सौगात मृतकको सानी आमाका छोरा हुन् र डिल्लीपुरका बासिन्दा हुन्।

तीनै जना डिल्लीपुरबाट दरदरा जाँदै गर्दा अचानक चट्याङ परेको र स्थानीय बासिन्दाहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै उपचारका लागि चितवन पठाइएको छ। प्रहरीका अनुसार सिंहबहादुरको अवस्था मध्यम रहेको छ भने बालक सौगातको अवस्था सामान्य रहेको छ।

स्थानीय प्रशासनले यस्ता प्राकृतिक प्रकोपबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ।