एजेन्सी । टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ।
टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ ।
एन्ज पोस्टेकोग्लुको टोलीले खेल सुरु भएको ३८ सेकेन्डमै खेलमा अग्रता बनायो । रिचार्लिसनको हेडरमा ब्रेन्नन जोनसनले गोल गरे।पेड्रो पोर्रोको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रण लिदै जेम्स म्याडिसनले बललाई कुनामा पुर्याएर अग्रता दोब्बर बनाए।
क्रिस्टियन रोमेरोलाई फउल गरेपछि डोमिनिक सोलाङ्केले पेनाल्टी गोल गर्दै टोटनहमलाई ३–० को अग्रता दिलाए। बोडो/ग्लिम्टले पछिल्ला दिनहरूमा आफ्नो तीव्र खेलशैलीका कारण चर्चा पाएका छन् । तर टोटेनहमसँग दबाबमा थियो।
८३ औं मिनेटमा उर्लिक साल्टनेसले गोल गर्दै झिनो आशा दिलाएका छन्। खेलभरमा ग्लिम्टको एक मात्र टार्गेटमा त्यही प्रहार थियो।गोल गर्ने म्याडिसन र सोलाङ्के दुवै दोस्रो हाफमा चोटग्रस्त भएर बाहिरिनु टोटेनहमका लागि चुनौतीको विषय बनेको छ।
आर्कटिक सर्कलमा हुने दोस्रो लेग सजिलो हुने छैन । किनकि ग्लिम्टले यो सिजनमा पोर्टो, बेसिकटास, ओलिम्पियाकोस र लाजियोलाई घरेलु मैदानमा हराइसकेको छ।
२०२२–२३ सिजनदेखि युरोपा लिगमा ग्लिम्टको घरेलु जित दर ७० प्रतिशत छ । अवे खेलमा भने त्यो दर मात्र ९ प्रतिशत मात्र छ।
अर्को सेमीफाइनल पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले एथ्लेटिक क्लबलाई ३–० ले हराएको छ। यसले बिलबाओमा इङ्लिस टोलीबिच फाइनल हुने सम्भावना बलियो देखिएको छ।












