फोर्टिज ग्रुप हेटौंडाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ३३ जनाको स्वेच्छिक सहभागिता

Image

हेटौंडा/   सामाजिक सेवामा क्रियाशील फोर्टिज ग्रुप हेटौंडाले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा “रक्तदान जीवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३३ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।

स्थानीय तहको सहकार्य र युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको आयोजक समूहले जनाएको छ। कार्यक्रममा सहभागीहरूले रक्तदानलाई जीवन बचाउने पुण्य कार्यका रूपमा लिँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको सफलतामा विभिन्न स्थानीय व्यवसाय र सामाजिक व्यक्तित्वहरूको योगदान रहेको थियो जसमध्ये प्रमुख  किरन एण्ड कस्मिर सुनचाँदी पसल बुद्धचोक देखि बसपार्क जाने वासुदेव मार्ग, यस्तै मकवानपुर ढिडो होटल , गोर्खे मिनी रिसोर्ट , जेनिस मिट सप र उत्कृष्ट खाजा पसलहरुले सहयोग गरेका थिए।

फोर्टिज ग्रुप हेटौंडाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत जनहितमा आधारित यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा गुरुपका अध्यक्ष कृणलाल श्रेष्ठ, निमित्त अध्यक्ष केदार श्रेष्ठ, उपाध्यक्ष अस्मीर राजथला, सचिव भोलानाथ चालिसे,सह सचिव लोक दर्शन ढुंगाना, कोषाध्यक्ष रुद्र कुमारी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।