हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१५ ठुलोसुकौलिमा रु १५ लाख बराबरको लागतमा खहरे तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। वडा अध्यक्ष सुनिल मोक्तानको पहल र प्रमुख आतिथ्यतामा उक्त निर्माणको उद्घाटन गरिएको हो।
अध्यक्ष मोक्तानका सचिवालय मनोज परियारले जानकारी दिएअनुसार, भू तथा जलाधारको सहयोगमा सुरु गरिएको उक्त तटबन्ध निर्माण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष मोक्तानले हेटौंडा–१५ को समग्र विकासमा आफू निर्वाचित भएको दिनदेखिकै प्रतिबद्धता अनुसार काम गरिरहेको उल्लेख गर्दै, आगामी दिनमा थप योजनाबद्ध विकास आयोजना अगाडि बढाइने बताए।
















